×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरु भयो नाइमाको ‘मोबिलिटी एक्स्पो २०२५’ (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुरु भयो नाइमाको ‘मोबिलिटी एक्स्पो २०२५’ (तस्विरहरु)

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा एक्पो सुरु भएको हो । एक्सपोको अर्थमन्त्री विष्णु पौडेलले उद्‌घाटन गरेका छन् । 

आज (साउन २१) गतेदेखि सुरु भएको एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी रहेको बताइएको छ । एक्स्पोमा ३५ वटा नयाँ सवारिसाधन पनि प्रदर्शनमा राखिएको छ ।

एक्स्पोमा गाडी मात्र नभएर नयाँ प्रविधिको समेत जानकारी र अनुभव लिन सकिने नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले बताइन् । एक्स्पोको उद्‌घाटन गर्दै अर्थमन्त्री पौडेलले एक्स्पो भव्य र व्यवस्थित रहेको बताएका छन् । 

सोही क्रममा उनले भृकुटीमण्डपमा व्यवस्थित प्रदर्शनी स्थल बनाउने प्रक्रिया सुरु समेत भइसकेको अर्थमन्त्रीले बताएका छन् । उनका अनुसार उक्त व्यवस्थित प्रदर्शनीस्थल निर्माणको काम ३ वर्षभित्र सकिनेछ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी