काठमाडौँ । सेयर लगानीकर्ताहरुले काठमाडौँमा नन्दी पूजा लगाएका छन् । नेप्से परिसूचक ३२ सय कटोस् भन्दै लगानीकर्ताले महादेवस्थान मन्दिरमा नन्दी पूजा लगाएका हुन् ।
पूजामा ११ जना विद्वान पण्डित बोलाएर होम गरिएको पूजामा सहभागी सेयर लगानीकर्ताहरुले बताएका छन् ।
पूजामा सेयर लगानीकर्ताहरुले नेप्से छिट्टै ३२ कटोस् भन्दै प्रार्थना समेत गरेका छन् । पूजामा पण्डित र सेयर लगानीकर्ताहरुले ३२ सय कटोस् भन्दै सामूहिक रुपमा होम समेत गरेका छन् ।