×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारवाहीमा परेको नेशनल लाइफ इन्स्योरेन्स एकपछि अर्को विवादमा, सरेण्डर बढेसँगै बढ्दैछ ‘बदनामी’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कारवाहीमा परेको नेशनल लाइफ इन्स्योरेन्स एकपछि अर्को विवादमा, सरेण्डर बढेसँगै बढ्दैछ ‘बदनामी’ !

Artha Sarokar

५ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । नियामकीय मापदण्ड पूरा नगरेको भन्दै नियामक नेपाल बीमा प्राधिकरणको कारवाहीमा परेको नेशनल लाइफ इन्स्योरेन्स एकपछि अर्को विवादमा तानिएको पाइएको छ । नियामकले जारी गरेको मापदण्ड पूरा नगरेको भन्दै कारवाहीमा परेको यो कम्पनीले बीमा सरेण्डर गर्दा समय लगाउने, झुलाउने, मिस सेल गर्ने, बीमितलाई दु:ख दिने लगायतका गुनासा बढेपछि कम्पनी थप विवादमा तानिएको हो ।
सरेण्डर बढेको बढ्यै, कम्पनी भन्छ -‘देशकै स्थिति यस्तै छ’ पछिल्लो समय नेशनल लाइफ इन्स्योरेन्समा बीमा सरेण्डर गर्नेहरु ह्वात्तै बढेका छन् । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेशनल लाइफ इन्स्योरेन्सका ७ हजार ८१० बीमितले १ अर्ब २ करोड रुपैयाँ बराबरको बीमा सरेण्डर भएको छ । चालु आर्थिक बर्षमा यो तथ्यांक थप बढ्ने नेशनल लाइफ इन्स्योरेन्सका कर्मचारीहरु नै दाबी गर्छन् । आर्थिक शिथिलताका कारण पोलिसी त्याग्नेहरु बढेको स्थितिमा कम्पनीले गरको मिस सेलकै कारण पनि बीमितहरुले बीमा पोलिसी सरेण्डर गरिरहेको कम्पनीकै कर्मचारीहरुको दाबी छ।
यसो त बीमा सरेण्डर बढेको मात्र होइन, नेशनल लाइफमा बीमा सरेण्डर गर्दा पनि बीमितले झमेला भोगिरहेको गुनासोसमेत बढेको छ । बीमितले १ देखि डेढ महिना धाउँदासमेत बीमा सरेण्डर गर्न नसकेको गुनासो प्राधिकरणसम्म पुगेको छ । तर यति हुँदा पनि कम्पनीले आवश्यक ध्यान दिएको छैन । कम्पनीकि गुनासो सुनुवाई अधिकृत सुस्मिता राणा बीमा सरेण्डर गर्दा समय नलाग्ने दाबी गर्छिन् । ‘कहिलेकाहीं डकुमेन्ट नपुगेको हुनसक्छ । वा अन्य कारण हुनसक्छ । तर, बीमा सरेण्डर गर्न समय लाग्दैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनिन्- ‘बीमा सरेण्डर बढिरहेको भन्ने सत्य हो, तर किन बढीरहेको भन्नेचाहिं यकिन भएन । मैले गुनासो सुन्ने मात्र हो ।’ उनले बीमा सरेण्डर किन समयमा भएन भन्ने विषय बुझ्न नविन श्रेष्ठलाई फोन गर्न आग्रह गरिन् । यता नविन श्रेष्ठले भने देशको स्थितिकै कारण बीमा सरेण्डर गर्नेहरुको संख्या बढेको बताएका छन् ।
‘समग्र देशकै स्थिति यस्तै छ । सबैतिर मन्दी छ । त्यसैले पनि बीमा सरेण्डर पक्कै बढेको हो । त्यसकै प्रभाव नेशनल लाइफमा पनि देखिएको हुनसक्छ ।’ श्रेष्ठले अर्थ सरोकारसँग भने । बीमा प्राधिकरणले नेशनल लाइफ इन्स्योरेन्सलाई कारवाही गरेपछि बिमितले बीमा सरेण्डर गर्ने क्रम बढेको हो ? भन्ने प्रश्नमा श्रेष्ठले आफ्नो कम्पनीलाई भएको कारवाही र बीमा सरेण्डरको विषय फरक भएको दाबी गरे । ‘कारवाही फरक विषयमा गरिएको हो । बीमा सरेण्डर त बीमितको हक हो । यी दुई कुरालाई जोड्न मिल्दैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘हामीकहाँ बैंकहरुको पनि बीमा बढी हुन्छ । बैंकहरुले अहिले हामीबाट अन्त बीमा सार्दा त्यस्तो देखिएको हुनसक्छ ।’ श्रेष्ठले भने । बीमा सरेण्डर बढीमा १५ दिनमा हुने बताउँदै उनले डकुमेन्ट नपुगेको केसमा मात्र केहिको बीमा सरेण्डर नभएको हुनसक्ने बताए । ‘बीमा सरेण्डर सामान्यतया १५ दिनमै हुन्छ । केहिको डकुमेन्ट नपुगेको हुनसक्छ ।’ उनले भने ।
यता कम्पनीका सूचना अधिकारी हिमाल कोइराला भने यस विषयमा बोल्न नै मानिरहेका छैनन् । उनलाई निरन्तर फोनमार्फत फलोअप गर्दा पनि उनले फोन उठाईरहेका छैनन् । नेपाल बीमा प्राधिकरणले कारवाही गरेयता उनले फोन उठाउन छोडेका छन् । यता नेपाल बीमा प्राधिकरणले कारवाही गरेको खुलासा हुनु र सरेण्डर पनि बढ्ने भएपछि बीमितहरु नेशनल लाइफ इन्स्योरेन्ससँग आकर्षित हुन छोडेका छन् । कुनै बेला राम्रो छवि बनाएको नेशनल लाइफ पछिल्लो समय विभिन्न विवादमा पर्दा बदनाम हुँदै गएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी