Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकका निर्देशक अनुज दाहाल कार्यकारी निर्देशकमा बढुवा

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दाहाल कार्यकारी निर्देशकमा बढुवा भएका छन् । दाहाललाई कार्यकारी निर्देशकमा बढुवा गरेको राष्ट्र बैंकको मानव संशाधन विभागले जनाएको छ । 

राष्ट्र बैंकको मानव संशाधन विभागको साउन २० गते बसेको बैठकले दाहाललाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

यसअघि राष्ट्र बैंकको निर्देशक हुँदा वित्तीय संस्था सुपरीवेक्षण विभागको जिम्मेवारी सम्हालेका दहाललाई हाल भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारीमा रहेको ऋषिकेश भट्टलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK