काठमाडौँ । कुवेतमा रक्सी बनाएर बेच्ने नेपालीसहित ६७ जना पक्राउ परेका छन् । विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको घटनापछि छानबिन सुरु गरेको कुवेतको सुरक्षा निकायले मेथानोल नामक रक्सी उत्पादन तथा बिक्री गरेको आरोपमा नेपाली नागरिकसहित ६७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीलाई साल्मिया क्षेत्रबाट मेथानोलसहित पक्राउ गरिएको कुवेतको गृह मन्त्रालयले जनाएको छ ।
पक्राउ परेका ती नेपालीले सोधपुछका क्रममा उक्त मदिरा उत्पादनमा अन्य नेपाली नागरिक पनि संलग्न रहेको बयान दिएका थिए । सोही बयानका आधारमा कुवेतको सुरक्षा निकायले अन्य नेपालीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय र बंगलादेशी नागरिक पनि रहेको बताइएको छ ।
कुवेतमा मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । तर, उनीहरुले अवैध रुपमा कारखाना सञ्चालन गरेर सोही कारखानामा अवैध रुपमा रक्सी उत्पादन गर्ने गरेको पनि कुवेतको गृह मन्त्रालयले जनाएको छ ।
यता सो मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भइसकेको छ भने ३० जना भन्दा बढी नेपालीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सो मदिरा सेवनका कारण नेपालीसहित विभिन्न देशका २३ जनाको मृत्यु भइरहेको छ भने १ सय ६० जना भन्दा बढी बिरामी परेका छन् । उनीहरुको पनि उपचार भइरहेको कुवेतको गृह मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्