×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको सार्वजनिक ऋण बढेर पौने २७ खर्ब पुग्यो, प्रत्येक नेपालीको थाप्लोमा ९२ हजार ऋण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालको सार्वजनिक ऋण बढेर पौने २७ खर्ब पुग्यो, प्रत्येक नेपालीको थाप्लोमा ९२ हजार ऋण !

Artha Sarokar

११ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) सम्ममा नेपालको सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ बराबर पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत र बाह्य ऋणको हिस्सा ५२.२६ प्रतिशत पुगेको छ । 

हाल नेपाल सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब १२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, वैदेशिक ऋण भने १४ खर्ब २ अर्ब ४७ करोड रुपैयाँ तिर्न बाँकी छ । योसँगै नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ऋणको हिस्सा ४३.९४ प्रतिशत बराबर पुगेको छ ।

कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । योसँगै हाल प्रत्येक नेपालीको भागमा लगभग ९२ हजार ऋण रहेको छ । यो कुल सार्वजनिक ऋणलाई नेपालको जनसंख्याले भाग गरेर निकालिएको तथ्यांक हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी