काठमाडौँ । एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रा.लि. बीच छुट सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले ओपिडी, प्यथोलोजी, एक्स-रे, युएसजी, इन्डोसकपि, क्लोनोसकपि, नर्मल बेड, सीटि स्क्यान, सर्जरी लगायतका सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।