Skip to content
LAXMI SUNRISE BANK

प्रोभिजनिङ ह्वात्तै बढ्दा एनआइसी एसिया बैंकको नाफा मात्र १६ करोड १५ लाख, पुँजीकोषमा झिनो सुधार

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा ७६.९७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले कुल १६ करोड १५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षमा ७० करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खराब कर्जा बढेपछि र बैंकको ऋण असुली प्रभावित भएपछि ठूलो रकम प्रोभिजनिङका लागि छुट्याउनु परेपछि बैंकको नाफा प्रभावित भएको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ६८ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो भने चालु आर्थिक वर्षमा बैंकको प्रोभिजनिङ बढेर ४ अर्ब १४ करोड पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा २.८३ प्रतिशतले बढेर ३.४५ प्रतिशतबाट ६.२८ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले घटेको छ भने पूँजीकोष अनुपातमा झिनो सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ८.२९ प्रतिशत रहेको बैंकको पूँजीकोष अनुपात चालु आर्थिक वर्षमा बढेर ८.८७ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ५ अर्ब २१ करोड ऋणात्मक छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.३० रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK