Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको नाफा र ईपीएस दुवै बढ्यो

अर्थ सरोकार

काठमाडौँ । एनएमबि बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४६.२२ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड २४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.६२ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ ६४.४६ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ३ करोडबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेको छ । यही कारण बैंकको खुद नाफामा बढोत्तरी देखिएको हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीइस ५ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ । १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK