Skip to content
LAXMI SUNRISE BANK

अब नेपालमा १८ देखि ३५ वर्षकालाई युवा भनिने

अर्थ सरोकार

काठमाडौँ । अबदेखि नेपालमा १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकलाई युवा भनिने भएको छ । राष्ट्रिय युवा नीति-२०८२ मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहकालाई युवा भनिने भएको हो ।

यसअघि राष्ट्रिय युवा नीति-२०७२ मा १६ देखि ४० वर्ष उमेर समूहकालाई युवा भनिन्थ्यो ।

युवा नीति २०८२ ले युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने विश्वास गरिएको छ । नयाँ युवा नीतिले युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र, करिअर काउन्सिलिङ जस्ता कार्यक्रममा जोड दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK