काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामेदार भण्डारीले सिन्धुपाल्चोकमा रहेको नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिलगायत प्रतिष्ठानको अवस्था विश्लेषण गरी भावी कार्यदिशा निर्धारण गर्ने प्रक्रिया अघि बढिरहेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले राखेको जिज्ञासाको जवाफ दिँदै उनले रुग्ण प्रतिष्ठानमा भएका सरकारी लगानी व्यवस्थापन गर्न सरकारी लगानी समितिलाई पत्राचार गरिएको बताए ।
‘मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिलगायत सात वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भए बमोजिम अर्थ मन्त्रालयबाट अध्ययन टोली गठन गर्ने कार्य अघि बढाइएको छ ।’, उनले भने, ‘अध्ययन प्रतिवेदनसमेतको विश्लेषणका आधारमा उपयुक्त विकल्प चयन गरी सञ्चालन गर्ने योजना छ ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको जिज्ञासाको जवाफ दिँदै मन्त्री भण्डारीले मूल्यवृद्धि, कार्टेलिङ, कालोबजारी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको र दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सहुलियत पसल सञ्चालनमा ल्याइएको स्पष्ट पारेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्