×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक, लागत १ अर्ब ३३ करोड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक, लागत १ अर्ब ३३ करोड !

Artha Sarokar

२० श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको प्रयास अन्तर्गत पोखरा महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नो प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ ।

पाँच वर्षे समयावधिको उक्त योजनाको पोखरा महानगरप्रमुख धनराज आचार्यले सार्वजनिक गरेका छन् । ऊर्जा विकास उप-समितिद्वारा तयार पारिएको उक्त योजना जिआइजेड नेपालको रिप ग्रिन कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार पारिएको हो ।

योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको र यस योजनालाई गत फागुनमा पोखरा महानगरले औपचारिक रूपमा अनुमोदन गरेको थियो ।

कुल रु एक अर्ब ३३ करोड ३० लाख ८२ हजारको अनुमानित लागत रहेको यस योजनाले ‘समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा’को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा घरायसीस्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धि, परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवद्र्धनलाई राखेको छ ।

त्यस्तै, व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण, नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धिलाई प्रथमिकतामा राखेको छ ।

पाँच वर्षे यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । महानगरप्रमुख आचार्यले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्नेमा महानगरपालिका प्रतिवद्ध रहेको बताएका छन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले यस योजनाको प्रभावकारी कार्यान्वयनबाट नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुग्ने बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी