Skip to content
LAXMI SUNRISE BANK

सांसदहरुलाई ‘फाइभ स्टार’को खाजा र खाना खुवाउने तयारी !

अर्थ सरोकार

काठमाडौँ । सांसदहरुलाई ‘फाइभ स्टार’ होटलको खाना र खाजा खुवाइने भएको छ । सरकारले सिंहदरबार र संसद् भवनका करिब साढे तीन सय सांसद र ४ सय कर्मचारीलाई ‘फाइभ स्टार’ होटलको खाना खुवाउने भएको हो । 

यसअघि क्यान्टिनको खाना र खाजा मिठो नभएको भन्दै सांसद्हरुले गुनासो गरेपछि सरकारले मिठो खाजा र खाना खुवाउने होटलको खोजी गरेको हो । 

क्यान्टिन सञ्चालनका लागि आह्वान गरिएको टेण्डरमा सोल्टी होटल, ल्याण्डमार्क होटल, फाइभ स्पाइसी र ग्लोबल हस्पिटालिटीले आवेदन दिएका छन् । ती मध्ये पनि सोल्टी होटलको सम्भावना प्रबल रहेको बताइएको छ । 

‘अहिले चार होटलले आवेदन दिएका छन् । आवेदनसहित होटलहरुको सेवा तथा सुविधाहरु मूल्यांकन गर्दैछौँ ।’, संसद् सचिवालयका एक पदाधिकारीले भने, ‘हालसम्म सोल्टी होटलको कमिटमेन्ट र प्रस्ताव चित्त बुझ्दो देखिएको छ । थप अनुगमन र प्रस्ताव मूल्यांकन गरेर टेण्डर स्वीकृत गर्छौं ।’

यसो त यसअघि क्यान्टिनको जिम्मा ह्यात होटलले लिएको थियो । तर, खाना र खाजाको गुणस्तर राम्रो नभएको भन्दै अर्को कम्पनीलाई क्यान्टिन सञ्चालनको जिम्मा दिन टेण्डर आह्वान गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK