×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइभेट स्कुलका सञ्चालक पनि सडकमा उत्रिए (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्राइभेट स्कुलका सञ्चालक पनि सडकमा उत्रिए (तस्विरहरू)

Artha Sarokar

५ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरुका माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आ-आफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरुले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिएको भए पनि शिक्षकहरु नै ब्यानर टेक्दै हिँडेका थिए ।

नयाँ बानेश्वर चोकसम्म र्‍याली निकाली पुन: माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने जानकारी दिइएको छ ।

प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा नीजि विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्राबधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी