Skip to content
LAXMI SUNRISE BANK

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

अर्थ सरोकार

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरुले भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । 

निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसानअपेनले आन्दोलनका कार्यक्रम अन्तर्गतको दोस्रो चरणमा १८ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । 

निजी विद्यालय सञ्चालकहरुका पहिलो चरणको आन्दोलन आजदेखि सकिएको छ । उनीहरुले विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै दोस्रो चरणको आन्दोलनमा विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । 

निजी विद्यालयले क्रमशः गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK