काठमाडौँ । मेरो सेयरको एप्लिकेशनमा समस्या देखिएको छ । शुक्रबार बिहानैदेखि मेरो सेयरको मोबाइल एप्लिकेशनमा समस्या देखिएको हो ।
हाल मोबाइल एप्लिकेशनमा लगइन नहुने, भए पनि विवरण नदेखाउने तथा लोड लिइरहने समस्या देखिएको हो ।
एप्लिकेशनमा समस्या देखिएपछि आईपीओ भर्नेहरुले आईपीओ भर्न नपाएको गुनासो गरेका छन् । तर, वेबसाइटमा भने मेरो सेयर खुलिरहेको छ ।