×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दशैँ-तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैन’- मन्त्री दाहाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘दशैँ-तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैन’- मन्त्री दाहाल

Artha Sarokar

२ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ-तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् । इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भएपनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन भन्ने उद्देश्यले यसवर्ष भाडा नबढाउने योजना रहेको मन्त्री दाहालले बताएका हुन् ।

उनले यात्रुको भीडभाड हुने चाडबाडका बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरुलाई आग्रह गरेको पनि बताएका छन् । 

यातायात व्यवसायीहरुसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि मन्त्री दाहालको भनाई छ । उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरु प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको पनि बताएका छन् ।

‘…यो वर्षको दशैँ र तिहारमा हाम्रो भाडा बढाउने योजना छैन । हामीले यातायात व्यवसायीहरुसँग पनि भनेका छौँ । मान्छेको भिडभाड हुने बेलामा भाडा बढाउने काम नगरौँ ।’, उनले भने, ‘बरु यातायात व्यवसायीहरुलाई केही पीर मर्का परेको छ भने यातायात व्यवसायीहरुसँग बसेर छलफल गर्ने भनेका छौँ ।’ उनले निर्माणाधीन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी