Skip to content
LAXMI SUNRISE BANK

इम्बोस्ड नम्बर प्लेट नजोड्न सार्वजनिक यातायात महासंघको आह्वान, भन्यो- ‘अनावश्यक आर्थिक भार थपिँदैछ’

अर्थ सरोकार

काठमाडौँ । सार्वजनिक यातायात महासंघले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै महासंघले सरकारले अनिवार्य गरे पनि इम्बोस्ड नम्बर प्लेट नजोड्न आह्वान गरेको हो ।

आवश्यक पूर्वाधार तयार नै नगरी विदेशी प्रविधि भित्र्याएर सरकारले नागरिक यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थप्न खोजेको महासंघले आरोप लगाएको छ । 

‘…अव्यावहारिक विषयहरूको संशोधन सुधारबिना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नु हुन अनुरोध छ ।’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, इम्बोस्ड नम्बर प्लेट जडान गर्दा नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा पुग्ने भएपछि त्यसले राष्ट्रको सुरक्षामा समेत खतरा उत्पन्न गर्ने महासंघको भनाइ छ । महासंघले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न खोजे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK