Skip to content
LAXMI SUNRISE BANK

पियोर इनर्जीको नाफा बढ्यो, विद्युत बेचेर झण्डै २६ करोड आम्दानी

अर्थ सरोकार

काठमाडौँ । भर्खरै आईपीओ निष्कासन गरेको पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ७५ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री गरेर २५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२३ प्रतिशत धेरै हो । 

बाँकेमा १० मेगावाटको दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ४ रुपैयाँ ७० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १००.४८ रुपैयाँ छ । 

पियोर इनर्जी सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो । कम्पनीले भदौ २४ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK