×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युतीय गाडीको क्षमतामाथि प्रश्न, भन्सार विभागका महानिर्देशक भन्छन्- ‘हामीसँग जाँच गर्ने मेसिन छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विद्युतीय गाडीको क्षमतामाथि प्रश्न, भन्सार विभागका महानिर्देशक भन्छन्- ‘हामीसँग जाँच गर्ने मेसिन छैन’

Artha Sarokar

२३ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय गाडीको क्षमतामाथि प्रश्न उठिरहेको बताएका छन् । विद्युतीय गाडीको क्षमतामाथि प्रश्न उठिरहँदा नेपालमा जाँच गर्ने मेसिन नभएको उनले बताएका छन् ।

शुक्रवार सार्वजनिक लेखा समितिमा भएको बेरुजु सम्बन्धिको छलफलमा भट्टराईले इभी गाडीहरुको क्षमता जाँच्ने कार्यक्षेत्र भन्सार विभागलाई नभएको बताए । 

उनका अनुसार यातायात व्यवस्था विभाग अन्तर्गत क्षमता जाँच्न सकिने भएपनि आवश्यक मेसिनहरु नहुँदा प्रभावकारी हुन सकेको छैन । ‘अहिले विद्युतीय गाडीहरुको मोटरको क्षमतामाथि पनि प्रश्न उठेको छ । महालेखाले प्रश्न समेत उठाएको छ ।’, उनले भने, ‘हामीसँग जाँच्ने उपकरण छैन् । कार्यक्षेत्रले पनि यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिएको छ ।’ 

त्यस्तै, उनले जाँचपास गर्ने मेसिन अहिलेसम्म नभएको र एसेम्बल गर्ने गाडीमा दिइएको छुटका कारणले पनि प्रत्येक वर्ष बेरुजु बढेको बताएका छन् । अहिले भन्सार विभागको बेरुजु २० अर्ब भन्दा बढी रहेको भट्टराईको भनाई छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी