काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
उनलाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्रा गरिएको हो ।
चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन् । हाल उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बेचेको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसो त प्रहरी यसअघि त्रिभुवन विश्वविद्यालयसहित विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित कानपुरका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको । यादवमाथि गरिएको अनुसन्धानका क्रममा उनले दिएको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल कँडेलमाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।