×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडिसी लघुवित्तको नाफा घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आरएसडिसी लघुवित्तको नाफा घट्यो

Artha Sarokar

१६ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आरएसडिसी लघुवित्तको नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २७.१९ प्रतिशतले घटेको हो । यस अवधिमा लघुवित्तले कुल १० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी २२.५४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ६९.६९ प्रतिशतले घटेको छ । 

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी पनि २४.५१ प्रतिशतले घटेको छ भने लघुवित्तको सञ्चालन मुनाफा पनि ४०.३९ प्रतिशतले घटेको छ । यता बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ५४ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा लघुवित्तको ईपीएस ५ रुपैयाँ ३ पैसाले घटेर ९ रुपैयाँ ९८ पैसामा झरेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा छ भने मूल्य आम्दानी अनुपात ७०.२६ गुणा रहेको छ । १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी