काठमाडौँ । सानिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सिइओ)/जेनरल मेनेजर पदमा कर्मचारी माग गरेको हो ।
सो पदमा आवेदन दिन इच्छुकले मास्टर डिग्री गरेको हुनुपर्नेछ । त्यस्तै, फाइनान्सियल सेक्टरमा कम्तिमा १० वर्ष कार्य गरेको र क्यापिटल मार्केटमा ५ वर्ष सिनियर म्यानेजमेन्ट लेभलमा कार्य गरेको अनुभव हुनुपर्ने क्यापिटलले जनाएको छ ।
उमेर ५५ वर्षभन्दा कम हुनुपर्ने सूचनामा उल्लेख छ । उक्त पदमा आवेदन दिन इच्छुक तथा योग्यता पुगेका नागरिकले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन मिल्नेछ ।