Skip to content
LAXMI SUNRISE BANK

सेबोनले प्रि-आइपिओका नाममा पैसा उठाउनु गैरकानूनी भनेपछि पैसा उठाउनेहरुको रुवाबासी, सर्वसाधारणको अर्बौं फस्यो

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रि–आइपिओका नाममा पैसा उठाउनु गैरकानूनी भनेपछि प्रि–आइपिओका नाममा पैसा उठाउनेहरुको रुवाबासी चलेको छ । प्रि–आइपिओका नाममा पैसा उठाउन पल्किएकाहरुको बोर्डले प्रि–आइपिओका नाममा पैसा नउठाउन निर्देशन दिएपछि रुवाबासी चलेको हो ।

बोर्डको निर्देशनपछि हाल प्रि–आइपिओका नाममा ‘स्क्याम’ मच्चाउनेहरुले बोर्डको सो निर्देशनको विरोध गर्न थालेका छन् । 

अर्कोतर्फ बोर्डको यस्तो निर्देशनपछि प्रि–आइपिओका नाममा सेयर खरिद गर्नेहरु पनि तनावमा परेका छन् । बोर्डले प्रि–आइपिओका नाममा पैसा उठाउनुलाई गैरकानूनी र दण्डनीय कार्य भनेपछि प्रि–आइपिओका नाममा सेयर बिक्री भइसकेको कम्पनीको आइपिओ आउने सम्भावना साह्रै कम छ ।

यसो त प्रि–आइपिओका नाममा पैसा उठाउनु गैरकानूनी भएपछि यसरी पैसा उठाइसकेको कम्पनीको आइपिओ जारी हुनुलाई सेयर लगानीकर्ताले भ्रष्टाचार भनेका छन् । यसर्थ पनि यस्ता कम्पनीको आइपिओ आउने सम्भावना कम छ । आइपिओ आउने सम्भावना कम भएपछि हाल प्रि–आइपिओको नाममा अर्बौं लगानी गर्नेहरुको पैसा फस्ने निश्चितप्रायः देखिएको छ ।

धितोपत्र बोर्डका अनुसार प्रचलित कानूनमा प्रि–आइपिओ सम्बन्धी कुनै व्यवस्था छैन । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था छ । 

तर, प्रि–आइपिओका नाममा केहीले गैरकानूनी रुपमा पैसा असुलीरहेको पाइएपछि बोर्डले अनुमति नलिइ सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद/बिक्री सम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK