काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रि-आइपिओका नाममा सेयर बिक्री नगर्न निर्देशन दिएको छ । बोर्डले सोमबार एक सूचना जारी गर्दै प्रि-आइपिओ नाम दिएर सर्वसाधारणलाई सेयर बिक्री नगर्न/नगराउन बोर्डले निर्देशन दिएको हो ।
सामाजिक सञ्जाल, इमेल तथा एसएममार्फत निकट भविष्यमा नै आइपिओ निष्कासन गरिने भन्दै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गरी अनधिकृत रुपमा पैसा उठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बोर्डको सूचनामा उल्लेख छ । त्यस्तो कार्य रोक्न भन्दै बोर्डमा लगानीकर्ताले गुनासो गरेको भन्दै बोर्डले त्यस्तो कार्य नगर्न निर्देशन दिएको हो ।
बोर्डका अनुसार प्रचलित कानूनमा प्रि-आइपिओ सम्बन्धी कुनै व्यवस्था छैन । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था छ ।
तर, प्रि-आइपिओका नाममा केहीले गैरकानूनी रुपमा पैसा असुलीरहेको पाइएपछि बोर्डले अनुमति नलिइ सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद/बिक्री सम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्