काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले काम गर्नसक्ने उमेर भएका एकल महिलाहरुलाई भत्ताको साटो सीप सिकाएर रोजगारी दिनुपर्ने बताएकी छिन् । महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले एकल महिलाहरुको हकमा भत्ता दिनेमात्रै काममा सरकार लालयित भएको आरोप लगाएकी छिन् । एकल महिलाहरु २० वर्षदेखिकासमेत रहेको भन्दै उनीहरुलाई काम सिकाएर रोजगारी दिन जरुरी रहेको सांसद कुसारीको भनाई छ । उनले त्यसमा सरकार गम्भीर हुन नसकेको आरोप लगाएकी छिन् ।
‘एकल महिलाको हकमा भत्ता दिनमात्रै लालयित भयौँ । एकल महिला त २० वर्षदेखिका पनि छन् । उनीहरु श्रम गर्ने उमेर हो ।’, उनले भनिन्, ‘युवा बेलामा पनि एकल महिला हुँदा सीप दिएर रोजगारी दिने की भत्ता दिएर मात्रै उनीहरुलाई राख्ने ? राज्य त्यसमा गम्भीर नभएको देखियो । ठोस उपलब्धि जिरो छ ।’
त्यस्तै, उनले काँग्रेस सांसद जावेदा खातुन जागाले मानव सेवा आश्रममा अभिभावक भएका बालबालिकाहरु पनि पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले त्यसको कारणहरु गरिबी रहेको भन्दै सरकारले त्यस्ता बालबालिकाहरुका लागि सुरक्षा भत्ता दिनुपर्ने बताएकी छिन् ।