काठमाडौँ । स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि हिमालय सेक्युरिटिज बैंकर लिमिटेडसँग सम्झौता गरेको छ ।
उक्त सम्झौताले स्काइलाइन इन्फ्रा लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सम्झौताको हस्ताक्षरमा स्काइलाइन इन्फ्राको तर्फबाट राजेश अग्रवाल (संस्थापक), सत्यनारायण केयल (संस्थापक), सुभाष अग्रवाल (संस्थापक, राजेश हार्डवेयर प्रालि), विनोद श्रेष्ठ (संस्थापक), प्रतीक अग्रवाल (अध्यक्ष), आकृति अग्रवाल (सञ्चालक), अंकुर भंगर अग्रवाल (सञ्चालक) र सञ्जय रौनियार (प्रमुख वित्त अधिकृत) तथा वडा कार्यालयको तर्फबाट सुशिल कुमार कानु (वडाअध्यक्ष, १० नं. वडा कार्यालय, वीरगञ्ज म.न.पा.), सिद्धान्त झुन्झुन्वाला (मान्यताप्राप्त लेखापरीक्षक, सुभाष एण्ड कम्पनी) तथा कमलमोहन पोखरेल (कानूनी सल्लाहकार) ले प्रतिनिधित्व गरेका थिए ।
त्यस्तै, हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहक उपस्थित थिए ।
हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, स्काइलाइन इन्फ्रा लिमिटेड सरोवर पोर्टिको ब्राण्ड अन्तर्गत चारतारे होटलको रूपमा स्थापित रहेको छ । जसले बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेष्टुरेण्ट, स्विमिङ पुल, स्पा, क्यासिनो, क्युएफएक्स सिनेमा हलको सेवा सुविधा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्