काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै नेपालमा करिब साढे तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । चालु आर्थिक वर्षको साउन महिनाभित्र विभिन्न मुलुक बाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
यस अवधिमा सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ ओटा स्मार्टफोन चीनबाट आयात भएका छन् ।
नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जियम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्मार्टफोन आयात हुने गर्दछन् । अघिल्लो आव २०८१/८२ को सोहि अवधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्मार्टफोन आयात भएका छन् ।
यस अवधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार ओटा स्मार्टफोन चीनबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।