×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जारी भयो श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आइपिओ, दायित्व बहन गर्ने क्षमता उच्च जोखिममा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जारी भयो श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आइपिओ, दायित्व बहन गर्ने क्षमता उच्च जोखिममा !

Artha Sarokar

११ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपिओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आइपिओ जारी गरेको हो । 

कम्पनीले स्थानीयका लागि १ करोड ६३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ६३ हजार १ सय २५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ३ लाख ९ हजार ९३८ कित्ता सेयर निष्कासन गरेको छ ।

स्थानीय बासिन्दाका लागि जारी गरिएको सेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् । आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

स्थानीयका लागि खुला गरिएको आइपिओमा छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेको नेपालीले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावित क्षेत्रका स्थानीयले नबिल बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा, रुपन्देही, एनएमबि बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकको तानसेन, पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी