Skip to content
LAXMI SUNRISE BANK

डिम्ब निष्कासन र भण्डारणको काम रोक्न सर्वोच्चको आदेश, आइभिएफहरुको रुवाबासी !

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले डिम्ब निष्कासन र भण्डारण नगर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । 

त्यस्तै, सर्वोच्च अदालतले डिम्ब निष्कासन तथा भण्डारणको काम रोकेर नियमन र निगरानी प्रभावकारी बनाउन पनि आदेश जारी गरेको छ ।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइगोनिसिस्ट प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको पाइएपछि सर्वोच्चमा रिट दायर भएको थियो । रिट अधिवक्ताहरु निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी लगायतलाई विपक्षी बनाइएको थियो । रिटमा कानून बनाएर मात्र डिम्ब निष्कासन तथा भण्डारण गर्नुपर्ने माग गरिएको थियो ।

सर्वोच्च अदालतले महिला तथा किशोरीहरुको डिम्ब निष्कासन तथा भण्डारण कार्य रोक्न आदेश जारी गरेपछि इन भिट्रो फर्टिलाइजेसन सेन्टरहरुको रुवाबासी चलेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK