Skip to content
LAXMI SUNRISE BANK

खराब कर्जा घटेपछि स्वाभिमान लघुवित्तको नाफामा उल्लेख्य बढोत्तरी, ईपीएस ४१ रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको नाफा उल्लेख्य बढेको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ८१९.०८ प्रतिशतले बढेको हो । यस अवधिमा लघुवित्तले ७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७८ लाख ७२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २०.५० प्रतिशत बढेको छ । 

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७३.९६ प्रतिशत बढेको छ । यता लघुवित्तको सञ्चालन मुनाफा १ हजार १०४.२० प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.१५ प्रतिशतबिन्दु घटेर ४.२० प्रतिशतमा झरेको छ । खराब कर्जा घटेपछि लघुवित्तको इम्पेयरमेन्ट चार्ज २ करोड १० लाख रुपैयाँ रिभर्स भएको छ । 

समीक्षा अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ । यस अवधिमा लघुवित्तको यस्तो आम्दानी ४१ रुपैयाँ ७६ पैसा बढेर ४७ रुपैयाँ १५ पैसा पुगेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.३८ गुणा रहेको छ । १५ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK