×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन ३० गतेदेखि आउँदै स्वस्तिक लघुवित्तको आईपीओ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साउन ३० गतेदेखि आउँदै स्वस्तिक लघुवित्तको आईपीओ

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साउन ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका जारी गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तलाई धितोपत्र बोर्डले जारी पूँजीको ४० प्रतिशत अर्थात २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति दिएको थियो ।

त्यसमध्ये लघुवित्तले पहिलो चरणमा १ हजार १ सय ५५ कित्ता सेयर कर्मचारीका लागि, ११ हजार ५ सय ५० रुपैयाँ कित्ता सेयर सामूहिक लगानी कोष र २३ हजार १ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्कासन गरेको थियो ।

हाल भने लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्कासन गर्न लागेको छ । उक्त आईपीओमा छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी