×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता नेपालगञ्जमा हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता नेपालगञ्जमा हुँदै

Artha Sarokar

४ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता आगामी भदौ २० र २१ गते हुने भएको छ । प्रतियोगिता नेपालगञ्जस्थित बागेश्वरी फुटसल मैदानमा हुने भएको हो । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बाँके जिल्ला समितिको आयोजनामा हुने प्रतियोगिता ‘Talent wins game, but teamwork wins championships भन्ने नारासहित सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा यसपटक पुरुष, महिला र भेट्रान गरी तीन श्रेणीमा प्रतिस्पर्धा हुनेछ । आयोजक समितिका अनुसार प्रतियोगितामा २० भन्दा बढी टोलीको सहभागिता रहने अनुमान गरिएको छ । करिब २०० भन्दा बढी चार्टर्ड एकाउन्टेन्ट खेलाडी मैदानमा उत्रनेछन् भने करिब १००० भन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

‘चार्टर्ड एकाउन्टेन्टहरू केवल अंकगणितमा मात्र होइन, खेलमैदानमा पनि समान रूपमा दक्ष छन्’ भन्ने सन्देश फैलाउँदै पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता यसपटक नेपालगञ्जमा आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिता केवल खेलकुद मात्र नभई पेशागत सम्बन्ध, सहकार्य र मित्रता सुदृढ गर्ने अवसरका रूपमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् भने महिला विजेताले २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, पुरुष उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ र पुरुषतर्फ तेस्रो स्थान हात पार्ने टिमले २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई पनि ५ हजार १ सय ११ रुपैयाँदेखि ११ हजार १ सय ११ रुपैयाँ नगदसहित पदक प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी खेलाडी तथा पाहुनाका लागि चारतारे होटलमा बसोबासको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सम्पूर्ण खेलहरू गोल नेपाल डटकममार्फत प्रत्यक्ष प्रसारण गरिनेछन् । उद्‌घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट प्रमुख अतिथि रहनेछन् भने एक्यान र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान) का अध्यक्षहरू विशेष अतिथि रहने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी