काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै असोज १ गतेदेखि अनिवार्य गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट अब आफू अनुकुलको समयमा जडान गर्न सकिने जनाएको छ ।
यसो त सरकारले यसअघि असोज एक गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।
तर, सरकारको उक्त निर्णयविरुद्ध विभिन्न संघ तथा समूहले आन्दोलनको घोषणा नै गरेर विरोध गर्दै आएका थिए । राष्ट्रिय यातायात महासंघले त सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान नै गरेको थियो । इम्बोस्ड नम्बर प्लेटविरुद्ध चर्को दबाब परेपछि अन्ततः सरकार असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ ।
योसँगै अब सवारीधनीले आफू अनुकुलको समयमा यातायात व्यवस्था कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्