×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धुलो र हिलोरहित सडक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’- अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘धुलो र हिलोरहित सडक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’- अर्थमन्त्री

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्‌घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गरेका छन् । 

सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको अर्थमन्त्रीको भनाई छ । आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको अर्थमन्त्री पौडेलले बताएका छन् । 

उनले बजेट निर्माणमा दिएको सुझावजस्तै प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गरेका छन् । त्यस्तै, अर्थमन्त्री पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको पनि उल्लेख गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी