काठमाडौँ । सरकारले दर्ता नहुने सामाजिक सञ्जाललाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई दर्ता हुन सात पुनः सात दिनको म्याद दिने निर्णय गरेको छ ।
बैठकको निर्णय अनुसार सरकारले अब नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता हुन सात दिनको म्याद दिएर सार्वजनिक रुपमा आह्वान गर्नेछ । सो अवधिमा दर्ता नभएका सामाजिक सञ्जाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता हुनुपर्नेछ ।
सो अवधिमा पनि दर्ता हुन नआए ती सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । हाल नेपालमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल दर्ता छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्