×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने उडानमा सरकारले छुट दिने, भाडादर सस्तिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने उडानमा सरकारले छुट दिने, भाडादर सस्तिने !

Artha Sarokar

२५ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडानलाई आकर्षित गर्न हवाइ भाडामा लाग्दै आएको विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ साल भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट तथा सहुलियत प्रदान गरिएको जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडानमा विभिन्न ४ शीर्षकमा छुट दिने निर्णय भएको उल्लेख छ ।

अन्तराष्ट्रिय उडानका हवाई टिकटमा लाग्ने प्रति यात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट हुने भएको छ । हवाई टिकटमा लाग्ने प्रति यात्रु १ हजार रुपैयाँ बराबरको पर्यटन शुल्क पनि पूर्ण रूपमा छुट हुने भएको छ ।

यी विमानस्थलहरूमा अन्तराष्ट्रिय उडान भर्ने जहाजहरूका लागि लाग्ने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन (सञ्चार तथा उड्डयन सहायता) शुल्क पनि पूर्ण रूपमा छुट गरिएको छ । विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ सेवाको शुल्कमा ७५ प्रतिशत छुट प्रदान भएको छ ।

मन्त्रालयका सह प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार सरकारको यो निर्णयले अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरूका लागि यी दुई विमानस्थलमा उडान सञ्चालन गर्न लाग्ने खर्च उल्लेख्य रूपमा घट्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी