×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘४.७ प्रतिशत रोजगारी सृजना गरेको मोबिलिटी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’- ऋतुसिंह वैद्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘४.७ प्रतिशत रोजगारी सृजना गरेको मोबिलिटी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’- ऋतुसिंह वैद्य

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएको बताउँदै यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् ।

बुधवारदेखि शुरु भएको नाइमा मोबिलिटि एक्स्पोको उद्‌घाटन सत्रमा बोल्दै अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै करिब ४.७ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्यले देखाउने भन्दै जुन आफैँमा महत्वपूर्ण रहेको बताएकी छिन् । यसले स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्ता क्षेत्रसरह हजारौँ नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीमा जोडेको वैद्यको भनाई छ । 

उनका अनुसार विशेषगरी, हरित प्रविधिमा आधारित सवारी साधनको आगमनसँगै चार्जिङ पूर्वाधार निर्माण, प्राविधिक प्रशिक्षण, र नवप्रवर्तनमा आधारित कामका अवसरहरू सिर्जना भएको छ ।  

त्यस्तै, उनले नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा कार्य गर्दै आएको बताइन् । गुणस्तरीय सेवा, जनशक्ति विकास र शहरदेखि गाउँसम्म सवारीसाधन तथा सेवा पहुँच पुर्याउने दिशामा नाइमाले आगामी दिनमा काम गर्ने अध्यक्ष वैद्यको भनाइ छ । 

बुधवारबाट सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुनेछ । एक्स्पोमा ५० भन्दा बढी ब्राण्डको सहभागिता रहेको नाइमाले जनाएको छ । एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्‌घाटन गर्नुभएको एक्स्पोमा १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यवसायिक नयाँ सवारीसाधनहरु सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको व्यवस्था मिलाइएको नाइमाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी