काठमाडौँ । काठमाडौँ उपत्यकामा चोरको बिगबिगी भएको छ । पछिल्लो केही महिनायता काठमाडौँमा चोरीका घटनाहरु बढेका हुन् ।
बुधबार मात्र उपत्यकाका दुई ठाउँमा ११ लाख बराबरको चोरी भएको घटना प्रहरीमा दर्ता भएको छ । प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-१० मा राती ९ लाख बराबरको चोरी भएको हो ।
उदयरपुर घर भएका २९ वर्षीय बिक्रम लायो मगर तारकेश्वरमा डेरा गरी बस्दै आएका थिए । बुधबार राती उनको कोठाबाट सुनका विभिन्न गहना, नगद एक लाख ७० हजार गरी कुल ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमान चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो नै ललितपुरमा पनि चोरी भएको घटना प्रहरीमा दर्ता भएको छ । ललितपुर महानगरपालिका-२५ खोकनामा मोहन कृष्ण महर्जनको पसलबाट दुई लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्