काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले अहिले युवाहरुको समय रहेको पनि उल्लेख गरेका छन् । युवाहरु अघि बढेर देश विकासमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको उनले बताएका छन् । ‘यो युवाहरुको समय हो । युवाहरु अगाडि बढ्नुपर्छ । म त छोड्न तयार नै छु तर युवाहरु तयार हुनुपर्यो । म इन्करेज गर्न चाहन्छु युथहरुलाई ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताएका छन् । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको पनि दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्