काठमाडौँ । यसपाली पनि दशैँमा नयाँ नोट नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै दशैँका लागि नयाँ नोट वितरण नगर्ने जनाएको छ ।
राष्ट्र बैंकले अघिल्लो वर्ष पनि दशैँका लागि नयाँ नोट वितरण गरेको थिएन । यसवर्ष पनि बजारमा सुकिला नोट पर्याप्त रहेको भन्दै नयाँ नोट वितरण नगर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसवर्ष पनि नयाँ नोटको साटो सुकिला नोट वितरण गरिनेछ । मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट दशैँका लागि सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सुकिला नोट भदौ २९ गतेदेखि असोज १० गतेसम्म वितरण गरिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्