काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानुनमाथि प्रश्न उठाएका छन् । उनले अहिलेको कानूनहरु थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका छन् ।
अर्थसमितिको बैठकमा बोल्दै उनले कसैले पैसा खाएको छ भने उसलाई थुनेर नभएर बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखेका छन् ।
‘कसैले पैसा खाएको छ भने उसलाई तिर्न लगाउने हो, थुन्ने होइन । पैसा तिराउने वातावरण कानूनले बताउनुपर्छ ।’, उनले भने, ‘कसैले बदमासी गरेको छ भने सम्पत्ति रोक्का गरेर भए पनि हामीले तिनैपर्छ भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ ।’
त्यस्तै, उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको पनि बताएका छन् । उनले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्