Skip to content
LAXMI SUNRISE BANK

बन्दीपुर केबलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ सरोकार

काठमाडौँ । बन्दीपुर केबलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन हो । 

कम्पनीले स्थानीयका लागि ५ करोड ६६ लाख रुपैयाँ बराबरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता सेयर जारी गरेको थियो । 

उक्त आईपीओमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका-१ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका-७ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ्गले ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK