×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवि क्रिकेट ग्राउन्डः प्याराफिट निर्माणको काम अन्तिम चरणमा, फ्लडलाइट जोड्न बाँकी (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

त्रिवि क्रिकेट ग्राउन्डः प्याराफिट निर्माणको काम अन्तिम चरणमा, फ्लडलाइट जोड्न बाँकी (तस्विरहरु)

Artha Sarokar

५ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्याराफिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ । 

प्यारापिट निर्माणका लागि बिकेओआई-केसीडिसी-बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम निर्माणको थालनी गरेका थिए । ४३ करोड ७७ लाखमा ठेक्का लिएको सो निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलले निर्माण कार्य ९५ देखि करिब करिब १०० प्रतिशत नै सकिएको र अब सरसफाइ, रेलिङ फिटिङ्ग  जस्ता काम मात्र बाँकी रहेको जानकारी दिएका छन् ।

१० हजार दर्शक क्षमताको सो मैदान पूर्वी र पश्चिम खण्ड गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाएका छन् ।

फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण-ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको छ । अहिले ६ वटा लाइटका लागि सबै पोलहरु ल्याई सकेको र केही दिन जडानको काम सुरु गरिने बताइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी