×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै ५१ लाख ठग्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेश पठाउने भन्दै ५१ लाख ठग्ने दुई जना पक्राउ

Artha Sarokar

२७ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने ५५ वर्षीय रवि बोम्जन र ४८ वर्षीय फुलमाया खत्री पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले साउन २३ गते पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देश पठाउने भन्दै ५१ लाख रुपैयाँ ठगी गरेका थिए । हालसम्म खुल्न आएकोमा उनीहरुले ११ जनाबाट उक्त रकम ठगेर सम्पर्क विहीन भएका थिए ।

हाल पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी