काठमाडौँ । वैदेशिक रोजगारीका लागि युएई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय नर बहादुर बुढाथोकी र ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुढाथोकीले एक जनालाई युएई पठाउने भन्दै एक लाख रुपैयाँ र हिङमाङले पनि दुई जनालाई युएई पठाउने भन्दै ११ लाख ५९ हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका थिए ।
हाल उनीहरु दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।