Skip to content
LAXMI SUNRISE BANK

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

अर्थ सरोकार

काठमाडौँ । आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाइएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिनको कैद सयाज सुनाएको हो ।

अदालतले तामाङसहित शरण तिरुवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको छ ।

उनीविरुद्ध साँगामा बनाइएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा स्थानीय पालिकाको सूचना च्यातेको तथा आपराधिक उपद्रव मच्चाएको भन्दौ प्रहरीमा जाहेरी परेको थियो । जाहेरी सूर्यविनायक नगरपालिकाले दिएको थियो ।

सोही मुद्दामा अदालतले तामाङ र तिरुवालाई पाँच दिन कैद सजाय सुनाएको हो । पाँच दिन कैदसँगै अदालतले ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २ सय भराउने आदेश दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK