काठमाडौँ । अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा तिनमा प्रयोग हुने प्रविधि प्रदान गरेको छ ।
बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई ती उपकरण हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा प्रहरी महानिरीक्षक थापाले प्राप्त आधुनिक उपकरण र प्रविधिले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने बताउँदै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारीे बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
राजदूत थम्सनले अमेरिकी सहयोगबाट नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा योगदान पुग्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्