Skip to content
LAXMI SUNRISE BANK

अमेरिकाले नेपाली सेनालाई दुइवटा जहाज दिने, नेपाल ल्याइयो, हस्तान्तरण बाँकी

अर्थ सरोकार

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई दुईवटा जहाज प्रदान गर्ने भएको छ । अमेरिकी सरकारले नेपाली सेनालाई दिन भनिएका दुईवटा जहाज काठमाडौँ अवतरण भइसकेका छन् । ती जहाजहरु नेपाली सेनालाई हस्तान्तरण गर्न भने बाँकी छ । 

अमेरिकाले नेपाली सेनालाई प्रदान गर्न भन्दै नेपाल ल्याइएका दुईवटा जहाजमध्ये एउटा स्काईट्रक र अर्को एयर एम्बुलेन्स हो ।

दुवै जहाज कार्यक्रमकाबीच अमेरिकी दुतावासले नेपाली सेनालाई हस्तान्तरण गर्ने तयारी छ । अमेरिकाले दिन लागेको स्काईट्रक उद्धार तथा राहतका ढुवानीका लागि प्रयोग हुनेछ भने एयर एम्बुलेन्स सुत्केरी, विपदमा परेका घाइते तथा बिरामी लगायतका उद्धार कार्यमा प्रयोग हुनेछ । 

यसो त अमेरिकाले यसअघि सन् २०१९ मा पनि नेपाली सेनालाई दुईवटा जहाज दिइसकेको छ । हाल प्रदान गर्ने थप दुईवटा जहाज मिलाउँदा नेपाली सेनासँग जहाजको संख्या २० पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK