काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमिकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।
देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाई छ ।
नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि लिङदेनले बताएका छन् । पार्टीको यो अभियान महिलाहरु सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव उनको भनाई छ । त्यसका लागि लागी महिलाहरु आत्मनिर्भर र व्यवसायिक बन्नुपर्नेमा लिङदेनले जोड दिएका छन् ।
त्यस्तै, उनले राजनीति गर्ने हरेक मान्छेले सानो भएपनि पेशा व्यवसाय गर्नुपर्ने बताएका छन् । ‘४०/५० हजार तलबको लागी हाम्रा कुनै युवाले विदेश जान नपर्ने परिस्थिति निर्माण गर्नुपर्छ ।’, उनले भने, ‘राजनीति गर्छु भन्ने हरेक मानिसले सानो भन्दा सानो भएपनि पेशा व्यवसाय गर्नुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्